किन सुध्रेन नेपालमा फिल्म समीक्षा ?
पाेखरा | पुस १०, २०७९
पोखराः पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको थियो। बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए ।
फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताहरूले बताए ।
स्वस्तिमाले फिल्ममेकरहरूले समीक्षालाई नस्विकार्ने बताइन्। तर उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताउँछिन्। ‘तर समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिट्रेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैन,’ स्वस्तिमाको बुझाइ छ ।
अनुप सुवेदी फिल्म समीक्षक आम दर्शक भन्दा बढी बुझेको हुनुपर्ने बताउँछन्। दर्शकलाई ‘कन्भिन्स्ड’ गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने बताउँछन्। तर समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ। कारण के त? ‘एउटा समीक्षके पत्रकारिता गर्नुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ। अनि समीक्षा पनि गर्नुपर्छ। यदि पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन नि,’ दीपेन्द्र भन्छन् ।
स्वस्तिमा समीक्षामा विश्वसनीयता कम भएको भाव प्रकट गर्छिन्। ‘एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त? मैले यसको अनुभूत गरेको छु,’ स्वस्तिमा भन्छिन् ।
अनुप समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने बताउँछन् । उनी नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको पाउँछन्। ‘समीक्षकले त पाठकलाई सचेत गराउने हो नि। तर मेकरलाई सिकाइरहेको पाइन्छ,’ उनी भन्छन् ।
अनुप अहिलेको समीक्षा कथासारजस्ता मात्र भएको बताउँछन। ‘कथासार लेख्यो, यसले राम्रो गर्यो, यसले गरेन भन्नेमात्र छ । किन राम्रो गर्यो किन गरेन भन्ने तर्क आउन्नन्। त्यसको डिटेलिङ छैन। हाम्रो समीक्षकले फिल्म भनेको कथामात्र हैन, अरु कुरा पनि हो भनेर नबुझेको हो कि,’ उनी थप्छन् ।
दीपेन्द्र नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको पाउछन्। ‘संख्यात्मक रुपमा समीक्षा दयनीय अवस्थामा छ। सम्पादकले प्राथमिकतामा नराखेर हो कि,’ उनी भन्छन् ।
समीक्षकको स्तर बढिदिए हुन्थ्यो भन्ने अपेक्षा छ दीपेन्द्रको। ‘कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ,’ उनी भन्छन् ।
नेपालमा ‘पेइड रिभ्यू’को ‘ट्रेन्ड’बारे पनि दीपेन्द्र भन्छन्। ‘नेपालमा पेड रिभ्युको चलन छ। विज्ञापन राम्रो छ भने त्यो अनलाइनले राम्रो लेखिदिन्छ। यदि विज्ञापन दिएन भने उसले आफ्नो अनलाइनलाई समीक्षा त लेख्छ लेख्छ। फिल्म नै पूरा नहेरी लेख्छ,’ उनी भन्छन् ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

